देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश सभा सञ्चालन गर्न लुम्बिनीमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै

देशान्तर

बुटवल – प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा बैठक सुरु गर्ने विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षी दलबीच छलफल हुँदैछ ।

मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ११ बजे विपक्षीसँग छलफलका लागि बैठक बोलाएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

यसअघि हिजो प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक विपक्षी एमालेको अवरोधका कारण शुुरु भएको ६ मिनेटमै स्थगित भएको थियो । आज दिउँसो १ बजे बैठक बस्ने कार्यसूची छ ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले दुई सांसदलाई कारबाही गर्न एमालेले बुझाएको पत्रबारे अध्ययन र कानुनी परामर्श भइरहेको बताए ।

नेकपा विभाजनपछि गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी विमला एमाले दाङ क्षेत्र नं। ३ ९ख०बाट निर्वाचित एमाले नेता उत्तर कुमार वलीको निधनपछि सोही ठाउँबाट निर्वाचित भएकी थिइन् ।

विमलालाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोपसमेत लागेको थियो ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको हृवीप नलाग्ने दाबी गर्दै आएका छन् ।