देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोस्रो तहका नेताले माधव नेपालको साथ छाडे

देशान्तर

काठमाडौँ — माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै अलगिएका छन् । निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउन नेपालसँग एमालेकालको स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने मात्रै रहेका थिए ।

कार्यदलका सदस्य रहनु भएका कुनै पनि नेताहरु नयाँ दल गठनमा जानु भएको छैन, सांसद दीपकप्रकाश भट्टले भने । एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन गरेको कार्यदलमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए ।