काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्तारुढ गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटघाटमा समसामयिक राजनीति र मन्त्रिपरिषद् बिस्तार एवं सरकार सञ्चालनका बारेमा छलफल भएको प्रधानमन्त्री देउवालको सचिवालयले जानकारी दिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल र प्रस्तावित एमाले (समाजवादी)का अध्यक्ष नेपाल प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका थिए ।
एमाले विभाजित भएपछि प्रस्तावित एमाले (समाजवादी) का अध्यक्ष नेपाल पहिलोपटक प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन् ।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका र साउन ३ गते संसद्बाट विश्वासको मत प्राप्त गरेका देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।





प्रतिक्रिया