काठमाडौं – नेकपा (माअोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालको दलको सनाखत भएकै दिन मन्त्रिपरिषद् विस्तारको तयारी भएको बताएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र दाहालबीच भएको छलफलमा यस्तो समझदारी भएको दाहालले खुलासा गरेका हुन् ।
“हिजोबाट नयाँ परिस्थिति बनेको छ । आज बिहान हामी तीनजना प्रधानमन्त्री देउवाजी, माधवजी र म बसेका पनि थियौँ । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्ने अवस्था छैन भन्ने बुझाइमा हामी पुगेका छौँ,” उनले भने, “यो नयाँ दर्ता भएको पार्टीको जहिले सानखत हुन्छ, त्यही दिन मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी हामीबीच भएको छ ।”
केही दिनमै माधव नेपाल नेतृत्वको नयाँ दलको सनाखत प्रक्रिया हुने र लगत्तै सरकार विस्तारले पनि पूर्णता पाउने उनको दाबी छ ।





प्रतिक्रिया