काठमाडौं – सरकारले ल्याएको राजनीतिक दलसम्बन्धि अध्यादेशबिरुद्ध सर्वोच्च अदालतमा बेग्ला बेग्लै पाँच रिट पेस भएका छन् । सरकारले ल्याएको अध्यादेशविरुद्ध अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायत रिट लिएर सर्वोच्च गएका हुन् ।
व्यवस्थापिका संसदको चालु अधिवेशन मध्यरातबाट अन्त्य गरेर अध्यादेश ल्याइएकाले त्यस्तो अध्यादेश तत्काल रोक्न रिटमा माग गरिएको छ । रिटमा संसदलाई छलेर गैरसंवैधानिक रुपमा अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाएको उल्लेख गरिएको छ । रिटमा सर्वोच्च अदालतकै पछिल्ला फैसला विपरीत सरकारले अध्यादेश ल्याएका दाबि गरिएको छ ।





प्रतिक्रिया