देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश १ सरकार धरापमा, गठबन्धनको नयाँ सरकार बनाउने कसरत

देशान्तर

विराटनगर – नेकपा एमाले विभाजनसँगै प्रदेश १ को सरकार पनि धरापमा परेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र एमाले समाजवादीले नयाँ सरकार गठन गर्ने कसरत थालेका छन्।

एमाले समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजेन्द्र राईले पार्टी विभाजनको प्रक्रिया सकिएपछि प्रदेशमा दलीय गठबन्धनको नयाँ सरकार गठन हुने बताए ।

जम्मा ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन्। तीमध्ये १९ जना माधवकुमार नेपाल समूहमा थिए तर भीम आचार्य र जीवन घिमिरेसहित केही सांसदले नेपाल समूह छाडेका छन्। अझै प्रदेशसभाका १५ सदस्य आफूहरुसँग रहेको एमाले समाजवादीको दाबी छ।

प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १र१ जना सांसद छन्।

नयाँ सरकार गठन गर्न ४७ सांसदको समर्थन चाहिन्छ। कांग्रेस, माओवादी र जसपाका गरी कुल सांसदको संख्या ३९ पुग्छ। नयाँ सरकार गठन गर्न एमालेका ८ सांसदले एमाले समाजवादी रोज्ने हो भने नयाँ सरकार बन्न सक्छ।