देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘विप्लव’ नेतृत्वका नेता भरत बम रिहा

देशान्तर

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भरत बम रिहा भएका छन् ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर‌’ बम २८ महिना लामो जेल जीवन बसाईपछि नेपालगञ्जबाट रिहा भएका हुन् । बमलाई बिहिबार उच्च अदालत नेपालगञ्जले रिहाइ गर्न आदेश दिएको थियो ।

विप्लव नेकपाकाअनुसार पोलिटब्युरो र स्थानीय कार्यकर्ता गरि करिब १ सय जना जेलबाट छुट्न बाँकी छन् ।

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएको नेकपाले सहमति कार्यान्वयमा जोड दिँदै आएको छ। महासचिव विप्लवसहितका नेताले नयाँ सरकार गठन भएसँगै आफ्ना नेता कार्यकर्ता छुटाउन दलका नेताहरुसँग भेटवार्ता गरेको बताइएको छ ।