देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोर्चाको आन्दोलन र नाकाबन्दीले वीरगन्ज धराशायी हुने डर

देशान्तर

काठमाडौं । जारी मधेस आन्दोलनको ‘इपिसेन्टर’ बनेको मुलुककै प्रमुख व्यापारिक नाका गत असोज ७ देखि ठप्प छ। भारतसँग जोडिएका अन्य नाका सहज भइसक्दा पनि वीरगन्जबाट ४ महिना १३ दिनमा ५ वटा मालवाहक ट्रक मात्र भित्रिएका छन्।

स्रोतका अनुसार ती ट्रकमा नेपाली सेनाको सामग्री रहेकाले सीमावर्ती रक्सौल कस्टमका कर्मचारीले बिहान धर्नाकारीको संख्या न्यून भएको मौका छोपी छाडेका थिए। जोगबनी, सुनौली, रुपैडिहालगायत नाका खुलिसक्दा पनि वीरगन्ज मात्र किन बन्द छ ? यहाँ आउने आन्दोलनरत दलका शीर्षस्थ नेतासमक्ष स्थानीय बासिन्दाले यही प्रश्न तेस्र्याउन थालेका छन्।

नेताहरूले भने वीरगन्ज मुलुकको ‘लाइफलाइन’ भएकाले बन्द गर्नुपरेको, यहाँबाट कुल आयातको ७० प्रतिशत भित्रिन्छ लगायत पुरानै उत्तर दिएर पन्छिने गरेका छन्। त्यसो गर्दागर्दै मध्य तराईको यो नाकासहित वीरगन्ज बजार मृतप्रायस् बनिसकेको छ। यहाँबाट भित्रिने भनेर रक्सौलमा रोकिएका मालवाहक सवारी साधन ‘रि–रुट’ भएर अन्य नाकाबाट मुलुक भित्रिसके, केही भित्रिने क्रममा छन्। कान्तिपुर दैनिकमा समाचार छ।

]]>