देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा झा नियुक्त

देशान्तर

काठमाडौं – नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता झालाई नेपाल महाप्रबन्धक पदमा नियुक्त गरेको हो। सप्तरी निवासी झा माधव कुमार नेपाल निकट हुन्।

केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको माधव नेपाल समूहले धमाधम नियुक्ति पाउन थालेको छ।

यस्तै बिहीबार नै बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो।