देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले र जसपा नाम राखेर नयाँ दल दर्ता नहुने

देशान्तर

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिइएको नेकपा एमाले(समाजवादी) नाम परिवर्तन गर्नु पर्ने भएको छ ।

नयाँ दल दर्ता गर्दा पुरानो पार्टीको नाम प्रयोग गर्न नपाइने सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसला अनुसार नेपाल नेत्र्तिवमा दर्ता भएको दलको नाम बाट एमाले हटाउनु पर्ने भएको हो ।

विहिबार राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसारको नियमावली पनि राजपत्रमा प्रकशित भएपछि अब दल दर्ताका लागि दिएको निवेदनको प्रक्रिया निर्वाचन आयोगले अगाडी बढाउने भएपनि आयोगले मौखिक रुपमा नेपाल पक्षलाई नाम परिवर्तन गरेर फेरी निवेदन दिन जानकारी गराएको आयोग स्रोतले बताएको छ ।

निर्वाचन आयोगले पुराना दलको नाम झुण्डाएर नयाँ दल दर्ता नगर्ने भएपछि नेपाल पक्षले आफ्नो नामबाट एमाले हटाएर नेकपा समाजवादी राख्ने तयारी गरेको नेताहरुले बताएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट फुटेर महन्थ ठाकुर नेतृत्वमा निवेदन दर्ता भएको जसपा लोकतान्त्रिकले पनि आफ्नो नाममा जसपा राख्न नपाउने भएको छ । ठाकुर पक्ष अहिले आफ्नो पार्टीको नयाँ नामका लागि छलफलमा जुटेको बताइएको छ ।