देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदुरपश्चिमका जनप्रतिनिधिद्धारा प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाइयो

देशान्तर

काठमाडौं – देश विकासको मुल प्रवाहमा सुदूरपश्चिमलाई पनि जोड्न जनप्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन्।

सत्तारुढ नेपाली कांग्रेस सुदूरपश्चिमका जनप्रतिनिधिले आज प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्। डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँदको नेतृत्वमा गएको टोलीले प्रदेशका विभिन्न योजना तथा आयोजनाको स्तरोन्नतीका लागि ज्ञापनपत्र बुझाइएको हो।

उनीहरुले डडेल्धुरा स्वास्थ विज्ञान प्रतिष्ठान, मेडिकल कलेज स्थापना, पश्चिम सेती जलविद्युत आयोजनाको कार्य प्रारम्भ, धनगढी एयरपोर्टको स्तरउन्नती र भीमदत्त राजमार्गदेखि के आइ सिंह राजमार्गको स्तर उन्नती गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका छन्।

यस्तै, ज्ञापन पत्रमा डडेलधुरादेखि गोठालापानी सडक, खोड्पेदेखि चैनपुर सडक महाकाली राजमार्गको सत्बाँझदेखि दार्चुला खलंगा सडक र सिलगढीदेखि अछाम मंगलसेन सडकको स्तर उन्नति गर्न पनि माग गरिएको छ।