देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र प्रचण्डबीच भेटवार्ता

देशान्तर

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

भेटवार्तामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीको पनि सहभागीता रहेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेरबदलको विषयमा चर्चा भइरहेका बेला मुख्यमन्त्री भट्टर प्रचण्डबिच भेटवार्ता भएको हो । यो भेटलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।

भेटवार्ताका क्रममा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा भेटवार्तामा छलफल भएको जनाइएको छ ।

केन्द्रमा रहेको सत्तारूढ गठबन्धन र सोहीअनुसार गठबन्धनमा रहेका पार्टीको प्रदेश सरकारमा सहभागिताबारे छलफल भएको छ । प्रचण्डले वर्तमान प्रदेश सरकार तत्कालै परिवर्तन हुने सम्भावना कम रहेको र सुरुमा संघीय मन्त्रिमण्डल विस्तार हुने र त्यसपछि प्रदेश सरकारको नेतृत्व माओवादीले नै गर्ने वा अन्य पार्टीले गर्नेबारे निर्णय हुने भएकाले हाललाई तत्काल सरकारमा कुनै फेरबदल नहुने उक्त कार्यक्रममा सहभागी एक नेताले जानकारी दिए ।

उता , प्रदेशमा भने सरकार परिवर्तन हुने चर्चा चुलिएको छ। माओवादीले नेतृत्व गर्दै आएको प्रदेश सरकार अब कांग्रेस वा माधव समूहको नयाँ पार्टीले नेतृत्व गर्ने चर्चा छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन्। तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले माओवादी परित्याग गरेपछि पार्टीको सिफारिसमा पदमुक्त भएपछि प्रदेशसभामा ५२ जना सांसद छन्।

उनीहरूमध्ये तत्कालीन नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन्। विगतमा एमालेभित्र माधव समूहमा १७ जना र ओली समूहमा ७ जना सांसद खुलेका थिए।

केही दिनयता केन्द्रमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि नेतृत्वमा आउन नेपाली कांग्रेसले कसरत सुरु गरेको थियो। नेपाली कांग्रेसले गठबन्धन सरकार बनाएर प्रदेश सरकारको नेतृत्व कांग्रेसलाई दिन प्रस्ताव गरेको थियो।