देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मलाई मुख्यमन्त्री बनाउन ओली र नेपालको सहमति छ : अष्टलक्ष्मी

देशान्तर

काठमाडौं – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्नासाथ एमाले एकढिक्का हुने दाबी गरेकी छन्।

नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी एकता बचाउनका लागि सबैले पहल गर्नुपर्ने बताइन्।

उनले भनिन्, म पार्टी एकताको पक्षमा उभिएको छु। त्यसका लागि अध्यक्ष ओलीले सहमति कार्यान्वयन गराउनतर्फ लग्नासाथ पार्टी एकजुट हुन्छ। पार्टी एकता कमजोर बनाउने काम लाग्न हुँदैन।

अध्यक्ष ओलीसँग रहन नसक्ने निष्कर्षसहित माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्दैगर्दा मुख्यमन्त्रीको सपथ लिएकी शाक्य भन्छिन्, म मुख्यमन्त्री हुनुमा दुवै नेताहरूको साथ र सहमति छ। अनि बाहिर बाहिर धेरै कुरा आएको छ। के–के भयो भनेर। लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो, यो गलत कुरा हो। गलत सन्देश दिने काम नगरी दिनुहोस्।

उनले आफू पार्टी एकताको पक्षमा रहेको दाबी गर्दै दृढताको साथ एकताको पक्षमा उभिन आग्रह गरिन्। १० बुँदे प्रस्तावलाई उच्च मूल्यांकन गरेर अगाडि बढाउन नेतृत्वले मन फराकिलो बनाउनुपर्ने उनको भनाइ छ।