देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको क्रियाशील विवाद टुंग्याइँदै, आजै प्रतिवेदन बुझाउने

देशान्तर

 

काठमाडौं – नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन तयार पारेको छ । केन्द्रीय सदस्यता छानबिन समितिले बुझाएको अपूर्ण प्रतिवेदनमा आधारित भएर बाँकी विवाद टुंग्याउन लागिएको हो ।

गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसामद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा। मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो ।

तर, केन्द्रीय समितिको निर्णयबाट बनेको कार्यतालिकाभन्दा चार दिनपछि समितिले प्रतिवेदन बुझाउन प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको समय लिएको हो ।

“अहिले पनि काम पुरै टुंगिइसकेको छैन, हामी निरन्तर काममा नै छौँ,” क्रियाशील सदस्यता विवाद समाधान समितिका एक सदस्यले भने, “क्रियाशील सदस्यता विवाद समाधानका नीतिगत निर्णयसँगै छानबिन समितिका सदस्य र कार्यालयका कर्मचारीहरुबाट निर्णयअनुरूपका काम भइरहेका छन् । आजै २ बजे प्रतिवेदन बुझाउन पार्टी सभापति शेरबहादुर देउवासँग समय मागेका छौँ ।”

क्रियाशील सदस्यता विवाद टुंग्याउन हतारो भएको भन्दै ती सदस्यले विवाद नटुंग्याउँदासम्म कतै पनि बोल्न नलगाइदिन आग्रह गरे । ती सदस्यका अनुसार आज दिउँसो बालुवाटार पुगेर समितिले देउवालाई प्रतिवेदन हस्तान्तरण गर्नेछ ।