देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारलाई नपर्खी धमाधम घर बनाउँदै भूकम्पपीडित

देशान्तर

काठमाडौं । जाडो खप्न नसकेपछि गोरखा केरौंजाका भूकम्पपीडितले धमाधम आफ्नै तरिकाले घर बनाउन थालेका छन्। यहाँका पीडितले माटोबिनाको ढुंगे पर्खाल लगाएर दुई तले घर बनाउन थालेका हुन्। वडा नम्बर १,२,३ र ४ मा मात्र करिब डेढ सय यस्ता घर निर्माण भएका छन्।  

सरकारी राहतको १५ हजार रुपैयाँ घरखर्चमै सकेका चार सय ६५ घरधुुरी अहिले त्रिपालको टहरोमा बस्दै आएका छन्। धमाधम बनेका सबै घर पुरानै ढाँचाका छन्। ‘सरकारलाई पर्खदापर्खदै मरिएलाजस्तो भयो, धमाधम घर बनाउँदै गरेका काजी गुरुङ भन्छन्–‘सरकारले दुई लाख दिने कहिले कहिलेरु जाडोले मर्न लागिसकियो अहिले। त्यो दुई लाख हामीलाई काम छैन।’

अब अर्काका मुख तालेर नबस्ने उनको भनाई छ। उनले ढुंगाको गारो र जस्ताको छानो लगाएर घर बनाउने बताए। कतिपयले भने त्रिपालको छाने लगाएर घर बनाएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 

]]>