काठमाडौं – कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनः नियुक्ति दिइएको विरुद्ध परेको मुद्दाको सुनुवाइ आज (मंगलबार) हुँदैछ । सोही पदबाट हटाइएका हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा राखिएको छ ।
रिट निवेदनमा शाक्यले आफ्नो कार्यकाल बाँकी छँदै सरकारले बीचमै अन्यायपूर्वक हटाएको र घिसिङलाई पुनर्नियुक्ति दिएको उल्लेख गर्दै पुनः आफैंलाई त्यस पदमा थमौती गर्न माग गरेका छन् । गत साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई प्राधिकरणमा पुनर्नियुत्तिः र शाक्यलाई ऊर्जा आयोगमा विज्ञका रूपमा नियुक्ति दिने निर्णय गरेको हो । आफूले त्यो पद अस्वीकार गर्दागर्दै आफूलाई हटाउन कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति दिइएको शाक्यको भनाइ छ ।





प्रतिक्रिया