काठमाडौँ – प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले चन्द्रागिरीबाट पार्टीको १० बुँदे स्थापना घोषणा पत्र जारी गरेको छ । काठमाडौँको चन्द्रागिरिमा भएको पार्टीको पहिलो बैठकले मंगलबार घोषणा पत्र जारी गरेको हो ।
घोषणा पत्रमा एकीकृत समाजवादी पार्टीले मार्क्सवाद-लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवि वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हुने उल्लेख गरेको छ । घोषणा पत्रमा मार्क्सवाद कुनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त रहेको उल्लेख गर्दै यसको प्रयोग सिर्जनात्मक रुपमा हुनु पर्ने उल्लेख छ ।
घोषणा पत्रमा सामाजिक-आर्थिक-सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुने उल्लेख गर्दै एकीकृत समाजवादी पार्टीले नेपाल कम्युनिष्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्ने उल्लेख गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) को १० बुँदे घोषणा पत्र :





प्रतिक्रिया