देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक हजार नेपाली कामदारको नाम कोरिया जाने सूचीबाट हट्दै

देशान्तर

काठमाडौं । रोजगार अनुमति प्रणाली इपीएस मार्फत दक्षिण कोरिया जानका लागि योग्य सूचीमा रहेका मध्ये १ हजारको नाम हट्ने भएकोे छ। सन् २०१३ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको रोस्टर अबधि २ वर्ष पुगेकाले नाम हट्न लागेको हो ।

सन् २०१३ मा उत्तीर्णमध्ये करिब हजार कामदारको अझै पनि श्रम सम्झौता आइनसकेकाले कोरिया जाने सूचीबाट हट्न सक्ने सम्भावना रहेको इपीएस कोरिया शाखाले जनाएको छ। सूचीबाट नाम कोरियाको मानव संशाधान विभागले हटाउनेछ।

ती कामदार २ वर्षदेखि कोरिया जाने पर्खाइमा छन्। रोस्टरबाट हट्नेमध्ये कृषि क्षेत्रमा उत्तीर्णहरु हुन्।  कृषि क्षेत्रमा नेपालीको न्यून माग छ। सने २०१३ मा ८ हजार ५१ कामदार उत्तीर्ण भएका थिए।  कारोबार दैनिकमा समाचार छ।

]]>