देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मिनेन्द्रको पहल : धर्नामा बसेका जिल्लासभापतिहरुसँग छलफल गर्दै

देशान्तर

क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुलाई क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ । छलफल समिति सदस्य डा. मिनेन्द्र रिजालको निवासमा हुने बताइएको छ ।

साढे नौ बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिए । छलफल गर्न पार्टीले नेता रिजाललाई खटाएकाले आफूहरु छलफल गर्न जान लागेको बताए ।

उनले कांग्रेसका क्रियाशील सदस्यता सार्वजनिक गर्ने सहमति भएमा धर्ना लगाएतका आन्दोलनका कार्यक्रम स्थगित हुने पनि उनले बताए ।

बैठकमा विवाद समाधान समितिका संयोजक कृष्ण सिटौंला, रमेश लेखक भने उपस्थिती नहुने बताइएको छ । संस्थापनइतरका जिल्ला सभापतिहरु सबै छलफलमा उपस्थित हुनेछन् ।

संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले ३ बुँदे माग राखेर मंगलबारबाट आन्दोलन शुरु गरेका हुन् ।

उनीहरुले ‘क्रियाशील सदस्यता सूची सार्वजनिक गर्ने, सूचीमा भएका कमजोरी विधिसम्मत ढंगले टुंग्याउने र निर्वाचनका लागि सबैतिर समान व्यवस्था हुनुपर्ने माग राखेका छन् ।