काठमाडौँ– झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता लागि निर्वाचन आयोगले सनाखत गर्न बोलाएकोमा खनालले नयाँदिल्लीबाटै सनाखत गरेका हुन् ।
दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको नेता राजेन्द्र पाण्डेले बताए । उनका अनुसार दूतावासका प्रतिनिधिहरू उनको सनाखत लिएर आयोग आएर जानकारी दिएका छन् । नेता खनाल उपचारको क्रममा भारतको नयाँ दिल्लाीमा रहेका छन् ।





प्रतिक्रिया