देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सनाखतका लागि नेकपा एकीकृत समाजवादीका नेता निर्वाचन आयोगमा

देशान्तर

काठमाडौं – माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन्।

आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो।

सनाखतका लागि आज बिहान ११ ३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ। त्यही अनुसार दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने भएकोले नेताहरु आयोग पुगेका हुन्।

सनाखतको लागि तत्कालीन एमालेका ६२ जना केन्द्रीय सदस्य र ३३ जना संघीय सांसदहरु आयोग पुगेको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेतृ निरुदेवी जैरुले जानकारी दिइन्।

यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पार्टी दर्ता प्रक्रियाको लागि बोलाएको छ।