देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ठाकुर पक्षमा मान्छे थपिए, लोसपा सनाखतमा १७ कार्यकारिणी सदस्य र १४ सांसद

देशान्तर

काठमाडौं– जसपाबाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना संघीय सांसदले साथ दिएका छन् । प्रतिनिधिसभाका १३ जना र राष्ट्रियसभाका एक जनाले महन्थ ठाकुरलाई साथ दिएका हुन् ।

त्यस्तै जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेको वरिष्ठ नेता शरदसिंह भण्डारीले दावी गरे । जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना ठाकुर पक्षमा थिए ।

जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुवैतिर २० प्रतिशत पुर्याएको छ ।