देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीमा आउन चाहनेलाई ढोका खुलै छ : रामकुमारी झाँक्री

देशान्तर

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि सँधैं ढोका खुला रहेको बताएकी छन् ।

आज (बुधबार) निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले आफूहरुको अभियानमा सामेल हुन चाहेका लागि ढोका खुलै रहेको बताइन् । हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो’ उनले भनिन्, ‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका खुल्ला नै राख्नु पर्छ ।’

नेतृ झाँक्रीले निर्वाचन आयोगले दिल्लीमा उपचाररत नेता झलनाथ खनाललाई पनि सनाखतको अवसर दिने आशा राखेकी छन् । नयाँ दल गठन गर्दा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था भए पनि विगतको अभ्यास अनुसार कानुन व्यवसायी मार्फत सनाखत गर्न दिनुपर्ने उनले बताएकी छिन् ।