देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ : बाबुराम भट्टराई

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी सरकारमा जाने उनले जानकारी दिए ।

जसपाको पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बागमती प्रदेशको बुधबार काठमाडौंमा आयोजित अभिमुखीकरणमा भट्टराईले जसपा नयाँ विचार र एजेण्डासहितको वैकल्पिक शक्ति भएको दाबी गरे ।

महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको भट्टराईले टिप्पणी गरे । भदौ १ र २ गतेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे अनुसार सात वटै प्रदेशमा सुरु भएको पार्टी सुदृढीकरण र जनजागरण अभियानले जसपालाई उचाइमा पुर्‍याउने उनले बताए ।