देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शेरधन राईद्धारा मुख्यमन्त्रीबाट राजीनामा

देशान्तर

काठमाडौँ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राईले राजीनामा बुझाएका हुन् । राई र आचार्य दुवै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

राईले राजीनामा दिएसँगै आजै संसदीय दलको नेता चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्दैछन् । आचार्य आजै शेरधन राईको प्रस्तावमा सर्वसम्मत दलका नेता चयन भएका हुन् ।

आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका बहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।

२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ काविरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए ।