देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिम्मत नभएका थन्किन्छ्न, क्रान्तिकारी चेत भएकाहरु नयाँ आन्दोलनमा जुट्छन्: माधव नेपाल

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नु बाध्यता भएको बताएका छन् । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पहिलो पत्रकार सम्मेलनमा नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहनसक्ने अवस्था नरहेको बताए । अध्यक्ष नेपालले आफूलाई छाडेर जानेहरुले त्यसबेला नै नयाँ पार्टी दर्ता गराएको खुलासा गरेका छन् । उनले अहिले विभिन्न कारणले उनीहरु आफूहरुसँग आउन नसकेको बताए । नयाँ पार्टी दर्ता गरेपछि आज ९बिहीबार० काठमाडौंमा पहिलो पत्रकार सम्मेलन गर्दै उनले बताएका हुन् ।

‘हाम्रो साथ छाडेका साथीहरुले नयाँ पार्टी दर्ता त्यसबेला नै गरिसकेका थिए’, उनले भने, ‘ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेपछि, जनताका एजेण्डालाई तिलाञ्जली दिएपछि त्यसका विरुद्धमा विद्रोह गर्ने बाहेक विकल्प भएन । इतिहासमा यस्तो धेरै भएको छ । समूहमा र पार्टीमा यस्ता विद्रोह भएका छन् । ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ । हामीले उतिबेलै पार्टी खोल्न सक्थ्यौं । हामी जनताबाट निर्वाचित भएका कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो । संघीय संसदको हकमा सोच्नु पथ्र्यो ।’

अध्यक्ष नेपालले हिम्मत नभएकाहरु थन्किएर बस्ने बताएका छन् । आफूले नयाँ पार्टी बनाउँदै गर्दा दोस्रो पुस्ता भनिएकाहरुले छाडेर गएको सन्दर्भमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपाल पक्षमा लागेका १० जना स्थायी कमिटी सदस्यहरु नयाँ पार्टी बनाउने कुरामा असहमति जनाउँदै एमालेमा नै फर्किएका छन् । ‘हिम्मत नभएका थन्किन्छ्न, क्रान्तिकारी चेत भएकाहरु नयाँ आन्दोलनमा जुट्छन्’, उनले भने, ‘हामी कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै क्रान्तिकारी बनाउने महत्वपूर्ण पाइला चालिरहेका छौं ।’