देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटायो

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ ।

भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो । प्रतिनिधिहरूलाई ती जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेस केन्द्रीय समितिले उपलब्ध गराएको क्रियाशील सदस्यता सूचीका आधारमा ३८ जिल्लामा प्रतिनिधि खटाइएको हो ।

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद सैद्धान्तिकरूपमा टुंगिएपनि व्यवहारिक समस्या देखिएको छ । जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन् । निर्वाचन समितिलाई उपलब्ध गराइएको ३८ जिल्लाको सूची कांग्रेसको वेबसाइटमा पनि सार्वजनिक गरिएको छ ।