देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक नियुक्तिविरुद्धका रिटमाथिको सुनुवाइ शुक्रबारदेखी हुँदै

देशान्तर

काठमाडौं – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकसम्बन्धी नियम सच्याएर गरिएका नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि आजबाट सुनुवाइ हुँदै छ ।

संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेका नियुक्तिको खारेजीसम्बन्धी रिटको पेसी तोकिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित इजलासमा वरिष्ठतम न्यायाधीशहरू राखिएका छन् ।

इजलासमा दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा रहेका छन् । सभामुख अग्नि सापकोटा, अधिवक्ता ओमप्रकाश अर्याललगायतले संवैधानिक परिषदका नियुक्ति असंवैधानिक रहेको भन्दै खारेजीको माग गरिएको छ ।

विपक्षी दलका नेता र सभामुखको उपस्थितिबिना नै अख्तियार,निर्वाचन आयोयलगायतका संवैधानिक निकायमा नियुक्ति भएको थियो ।