देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपाको जनकपुरमा प्रदेस २ स्तरीय अभिमुखिकरण कार्यक्रम सुरु

देशान्तर

काठमाडौँ – जनता समाजवादी पार्टी ९जसपा० ले सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

शुक्रबार दिउसो जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको भब्य समारोहमा जसपा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको सहभागिता रहेको छ ।

पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण ९सुज० अभियान आज जनकपुरमा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पार्टी अगुवा नेतृत्वको सहभागिता छ । आगामी निर्वाचनमा पार्टीलाई अझ सशक्त र बलियो बनाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यले यो अभियान थालिएको हो ।