देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक परिषद्को मुद्दाको पेशी आगामी शुक्रबारलाई तोकियो

देशान्तर

काठमाडौं – संवैधानिक परिषद्सम्बन्धी विवादको मुद्दा आगामी शुक्रबार का लागि पेशी तोकिने भएको छ । सर्वोच्च अदालतले उक्त मुद्दा आगामी साता सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ ।

सुनुवाइमा सहजताको लागि भन्दै त्यो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा भने बिदामा बस्ने भएका छन् । उनको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका हैसियतले संवैधानिक इजलासको नेतृत्व गरी अन्य ४ न्यायाधीश तोक्नेछन् । त्यो दिन मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।

यो मुद्दामा अन्तिम सुनवाइका बेला पनि प्रधानन्यायाधीश जबरा बिदामा बस्नेछन् । बीचको अवधिमा भने नियमित रुपमा काम गर्नेछन् ।