देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकीकृत समाजवादीले गर्‍यो सरकारमा जाने निर्णय, मन्त्री छानिँदै

देशान्तर

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सरकारमा जाने निर्णय गरेको छ । नेतृ निरुदेवी जैरूले भनिन्, ‘हाम्रो पार्टीले सरकारमा जाने निर्णय गरेको छ ।’

मन्त्रीको नाम भने टुङ्गिइनसकेको नेतृ जैरूको भनाइ छ । ‘त्यो गृहकार्य पार्टीले गर्दैछ,’ नेतृ जैरूले भनिन्, ‘केही दिनभित्र टुङ्गिएला ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् । गत भदौ २ गते नेकपा (एमाले)बाट अलग भएर नेपालले गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।

एक नेताकाअनुसार एकीकृत समाजवादीले पाउने मन्त्रालयको सङ्ख्या पनि टुङ्गिइसकेको छ । ‘मन्त्रालयको सङ्ख्या पनि लगभग टुङ्गिएको छ । कुन-कुन मन्त्रालय पाउने भन्नेबारे भने पछि पक्का होला,’ उनले भनिन् ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच एकीकृत समाजवादीले पाँच मन्त्रालय लिने सहमति भएको छ । यसअघि सत्ता साझेदारी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समूहले वैधानिकता पाउनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।