देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘फ्रि भिसा, फ्रि टिकट’ अधिकांश कामदार बञ्चित

देशान्तर

काठमाडौं । सरकारले घोषणा गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ योजनाबाट अधिकांश कामदार बञ्चित भएको भेटिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अनुगमनका क्रममा कामदारहरुले उक्त सेवा सुविधान लिन नपाएको देखिएको हो।

‘उनीहरु स्थानीय एजेन्ट र म्यानपावरबाट ठगिएको देखिन्छ,’ अख्तियारको अनुगमन प्रतिवेदनमा भनिएको छ। तर म्यानपावर  र एजेन्टले रसिदविनै ठग्नेमाथि कानुनी कारबाही गर्न कठिनाई देखा परेको छ।  बैदेशिक रोजगारमा जान अभिमुखीकरणमा सहभागी नभई प्रमाणपत्र मात्रै दिने, उपस्थित मात्रा गराएर प्रमाणपत्र दिने प्रबृत्ति म्यानपावर कम्पनीहरुमा छ।

सरकारले अभिमुखीकरणलाई बाध्यकारी बनाए पनि म्यानपावर कम्पनीहरुले त्यसको पालना गर्दैनन्। कान्तिपुर दैनिकमा समाचार छ । 

]]>