देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

देशान्तर

काठमाढडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो । उनिहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृतरुपमा छलफल भएको बताइएको छ ।