देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वासिएललाई शर्माको निर्देशन : कम्तीमा १५ लाख युवालाई संगठित गर्नुहोस्

देशान्तर

काठमाडौं – अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले कम्तिमा १५ लाख युवालाई संगठित गर्न निर्देशन दिएका छन्।

वाइसिएलको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले भने,‘१५ लाख युवालाई संगठनको सदस्य बनाउनुहोस्। तिनीहरुलाई संगठित मात्रै होइन रोजगारीसहित समाजवाद निर्माणको लक्ष्यमा लाग्नुहोस्।’

अब समाज निर्माण, उत्पादन वृद्धि, व्यापारघाटा घटाउने, भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा युवाहरुले प्रतिष्पर्धा गर्नुपर्ने उनले बताए। ​

प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवादको लक्ष्यमा पुग्ने बाटोमा लाग्न उनले युवा पंक्तिलाई आग्रह गरे। सरकारले युवा केन्द्रीत कार्यक्रम अघि बढाउन तयार रहेको उनको भनाइ छ।