देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले र जसपा छाड्ने जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म समय

देशान्तर

काठमाडौं – माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गर्ने जनप्रतिनिधिले निर्वाचन आयोगमा पुगेर अनिवार्य रूपमा सनाखत गर्नुपर्ने भएको छ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नयाँ दर्ता भएको पार्टीमा २१ दिनभित्र प्रवेश गर्दा आफ्नो पद सुरक्षित रहने व्यवस्था गरिएको छ। सोही अनुसार एमालेबाट विभाजित भएको समाजवादी र जसपाबाट विभाजित भएको लोसपामा प्रवेश गर्ने जनप्रतिनिधिले निर्वाचन आयोगमा पुगेर आफ्नो सनाखत गर्नुपर्ने व्यवस्था गरिएको छ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ को उपदफा (२) क राजनीतिक दल सम्बन्धी नियमावली २०७४ (दोस्रो संशोधन अध्यादेश) को नियम ५ उपनियम (७) क बमोजिम नयाँ दल गठन भएको मितिले २१ दिनभित्र(भदौ २ देखि २२ सम्म) प्रदेश सभाका सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका सदस्यले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा स्वमं उपस्थित भै सनाखत गर्नुपर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।