देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जेठ २ मा फर्किएको एमालेमा माओवादीबाट आएका नेतालाई पनि जिम्मेवारी

देशान्तर

काठमाडौं – नेकपा(एमाले )७५ जेठ २ मा फर्किएपछि नेकपाको एकता भंग भएपछि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुले पनि जिम्मेवारी पाएका छन्।

आन्तरिक विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि माओवादी छाडेका नेताहरुलाई पनि जिम्मेवारी दिइएको हो।

नेकपाको एकता‌ भंग भएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जेठ २ मा फर्काउन तयार नभएपछि माधव नेपाल लगायतले पार्टीबाट विद्रोह गरेका थिए। नेता नेपालले पार्टीबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरेपछि ओलीले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै भनेका छन्, ‘बैठकले १० बुँदे’ प्रस्तावलाई रचनात्मक ढंगले कार्यान्वयन गर्दै पार्टी एकतालाई सुदृढ गर्ने संकल्प गरेको छ।’

पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका स्थानीय पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई पार्टीको एकतालाई ध्यान दिँदै एकीकरणको कार्य र भावनामा चोट नपर्ने गरी एकीकरण पूर्वको स्थिति अर्थात जेठ २ गतेको अवस्थामा फर्किएको उल्लेख गरेका छन्।

प्रदेश, जिल्ला र सो मातहतका कमिटीहरूका साथै जनसंगठनहरूमा विद्यमान समस्या समाधानसम्बन्धी दस बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी निर्धारण गरेको छ।