काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर समूहमा सभापतिलगायत पदमा साझा उमेदवार तय गर्ने समझदारी भएको छ । आज वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसेको नेताहरूको बैठकमा यस्तो सहमती भएको हो ।
यद्यपि, १४औँ महाधिवेशनमा सभापातिको साझा उमेदवारको हुने भन्ने टुंगो लागेको छैन । उनीहरूबीच छलफललाई निरन्तरता दिने सहमति पनि भएको बताइएको छ । यस्तै, आजको बैठकमा क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्न बाँकी रहेका २४ जिल्लामा धाँधली गरिएको भन्दै त्यसविरुद्ध एक भएर लाग्ने र एउटै धारणा बनाउने निर्णय भएको छ ।
बैठकमा पौडेलसहित कांग्रेस महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यद्वय बलबहादुर केसी र डा. शेखर कोइरालालगायत सहभागी थिए ।





प्रतिक्रिया