देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश १ का १० एमाले सांसद नेकपा (एस) मा, सनाखतका लागि निर्वाचन आयोग जाँदै

देशान्तर

 

काठमाडौं – प्रदेश नम्बर १ का नेकपा एमालेका १० जना सांसदले नेकपा (एस) रोजेका छन् । नेकपा एमाले छाड्ने १० जना प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगर पुग्दैछन् ।

आफूहरू १० जना नेकपा एसको पक्षमा उभिएको र अहिले आयोगमा जान लागेको खोटाङबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य राजन राईले नेपाल प्रेसलाई बताए ।

प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेका ५१ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका १० जनाले नेकपा एस रोजेसँगै मुख्यमन्त्री भीम आचार्य एक सातामै अल्पमतमा परेका छन् ।