काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेलगत्तै नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छन्।
सत्तारूढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको सहमति बन्न नसकेको बेलामा प्रचण्डले सहमति बनाउने प्रयास गरेका हुन्।
प्रचण्ड र नेपालबीच सिंहदरबारस्थित संसद् सचिवालय भवनमा भेटवार्ता भइरहेको प्रचण्ड सचिवालयले जनाएको छ। बिहान प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका थिए।
पाँच दलीय गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री देउवालाई दुई महिना पुग्न लाग्दासमेत पूर्णता दिन सकेका छैनन्। दलहरुबीच मन्त्रालयको बिषयमा भागबण्डा मिल्न सकेको छैन।





प्रतिक्रिया