देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विवेकशील – साझा विवाद : असन्तुष्ट पक्षको बैठकमा ४५ जना उपस्थित,

देशान्तर

काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको भर्चुअल बैठक सकिएको छ । बैठकमा विविध एजेन्डामा छलफल भए पनि ठोस निर्णय हुन सकेन ।

पार्टीको केन्द्रीय सञ्चार विभागका उपप्रमुख हरिशप्रसाद भट्टका अनुसार बैठकमा ४५ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो । भोलि फेरि बस्ने गरी आजको बैठक स्थगित भएको उनले जानकारी दिए ।

बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्र लगायतमाथि कारवाहीको निर्णय गर्ने चर्चा चले पनि यो विषय एजेन्डामा थिएन । भट्टका अनुसार बैठक सञ्चालनको कार्यविधि बनाउन केही नेताहरूलाई जिम्मा दिइएको छ ।

अहिले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले डाकेको केन्द्रीय समिति बैठक जारी रहेको छ । पाण्डे समूहको बैठकमा सहभागी भएका केही नेता संस्थापन पक्षको बैठकमा पनि सहभागी रहेको बुझिएको छ ।

पार्टीमा उत्पन्न वैचारिक मतभेदसँगै अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टछुट्टै बैठक बोलाएका थिए ।