देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२२ गतेपछि जसपा सरकारमा जान्छ : उपेन्द्र

देशान्तर

धनुषा – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।

‘कठिन परिस्थितिमा सरकार गठन भएको हो,’ यादवले भने, ‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ । सरकार पूर्णता पाएपछि स्मुथ्ली अगाडि बढ्ने छ । अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको छ ।’ गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद छैन,’ उनले भने ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा अध्यक्ष यादवले महन्थ ठाकुर प्रयोग भइरहेको बताए । ‘कस–कसले महन्थजीलाई प्रयोग गर्ने हो खै रु’ यादवले भने, ‘जो आफै आफ्ना खुट्टामा उभिन सक्दैन । त्यस्तासँग जसपाको कुनै प्रतिस्पर्धा हुने छैन ।’ जसपाका प्रदेश सांसदहरु सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने यादवले दाबी गरे ।

जसपामा उपेन्द्र यादव निकटका प्रदेश–२ सांसदहरु महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० मा सनाखत गर्ने भएपछि सांसदहरुलाई रोक्न यादव जनकपुर आएका छन् । यादव निकटका प्रदेश सांसद प्रह्लाद गिरी गोश्वामी लोसपामा आज सनाखत गर्ने जनाएका छन ।

यादव निकटका अन्य तीन जना प्रदेश सांसद समेतले लोसपामा सनाखत गर्ने बुझिएको छ ।