देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ मा एमालेका १० जनाले नेकपा (एस) रोजे

देशान्तर

काठमाडौँ — प्रदेश २ मा एमालेका १० जना सांसदले नेकपा समाजवादी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा नेकपा समाजवादीका १० जना प्रदेश सांसद सनाखत गराएका हुन् ।

एमालेबाट १३ जना समाजवादी रोजे पनि सांसद दिल्ली उप्रेती उपचारका लागि भारतको दिल्लीमा छन् । उनले दूतावासबाट सनाखतको प्रक्रियामा रहेको प्रदेश सांसद बेची लुंगेलीले बताइन् ।

प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ मौसम खराब हुँदा जनकपुर आउन नसकेको प्रदेश सांसद शत्रुधन महतोले बताए ।

निर्वाचन कार्यालयमा उपस्थित भएर गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, खुसीमा खातुन र नागेन्द्र यादवले सनाखत गरेको महतोले बताए ।