देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस वडा अधिवेशन आजबाट, निर्वाचनको परिणाम आजै आउने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु हुँदैछ। कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार आज वडाबाट अधिवेशन शुरु हुन लागेको हो। कांग्रेसले एकैसाथ आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन गर्ने प्रयास गरे पनि त्यो सम्भव भने हुन सकेन।

कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म केन्द्रले ५६ जिल्लाको क्रियाशील सार्वजनिक गरेको छ। ती सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकेको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए। क्रियाशील सार्वजनिक भएका जिल्लाहरुमा निर्वाचन समिति वडा अधिवेशन गर्न तयार रहेको बताए पनि कतिपयमा विवाद सल्टिएको छैन।

ती जिल्लामा २२ गतेसम्ममा वडा अधिवेशन हुने भनिएको छ। आज ३० भन्दा बढी जिल्लामा वडा अधिवेशन हुने बताइएको छ। आज अधिवेशन हुन नसकेको स्थानमा जिल्ला निर्वाचन समितिले अर्को मिति तोकेर अधिवेशन गर्न सक्ने अधिकार दिइएको छ। आज भएका निर्वाचनको परिणाम आजै आउने संयोजक यादवले जनाए।