देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख र निर्वाचन आयोगविरुद्ध मुद्दाको सुनुवाइ न्यायाधीश मीरा खड्काको इजलासमा

देशान्तर

काठमाडौं – नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदै छ। आयोगसहित तीन थान मुद्दा न्यायाधीश मीरा खड्काको इजलासमा तोकिएको छ।

एमालेले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाए पनि सभामुखले संविधानले नदिएको अधिकार प्रयोग गर्दै रोकेर राखेको दाबी रिटमा गरिएको छ।

सभामुखले नयाँ पार्टी दर्ता गरेपछि कारबाही नहुने अवस्थामा पुर्‍याएर गरेको निर्णय कानुनविपरीत रहेको जिकिर रिटमा गरिएको छ। एमालेले सभामुखको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको छ।

यसैगरी, दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ सांसदकोसमेत सनाखत गरी नेकपा ९एकीकृत समाजवादी० पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ। निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै संख्या पुर्‍याएर नेकपा ९एकीकृत समाजवादी० दर्ता गरेको एमालेको दाबी छ।

रिटमा नयाँदिल्लीमा रहेका एमाले नेता झलनाथ खनालको सनाखत हुनै नसक्ने अवस्थामासमेत गैरकानुनी रुपमा स्वीकार गरेको दाबी गरेको छ।

एकीकृत समाजवादी दर्ता गर्दा दिल्लीमा रहेका खनालको समेत वारेसमार्फत् सनाखत गर्नु कानुनविपरीत भएको भन्दै एमालेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरेको छ।