देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा

देशान्तर

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ ।

गएको २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो ।

‘केन्द्रीय कार्यालय पनि टुंगो लागेको छ । केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन हुनेछ’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।