देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वामदेव गौतमले एमाले छाडे [राजीनामा पत्रसहित]

देशान्तर

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अन्ततः औपचारिक रुपमा पार्टी छाडेका छन् । उनले  शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन् ।

गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्र बुझाएको उनका स्वकीय सचिव दीपक टमाटाले जानकारी गराएका छन् । गौतमले एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएर घर फर्किसकेको जानकारी टमाटाले दिए ।

तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान शुरु गरेका थिए । नेकपा विभाजन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र पुनर्स्थापना भएपछि अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल दुवै पक्षतर्फ छलफल चलाइरहेका गौतम पार्टी विभाजनपछि नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाने चर्चा थियो । तर पछि जनताको बहुदलीय जनवाद (जबज) नमानेको भन्दै गौतमले नेकपा समाजवादीमा पनि नजाने बताएका छन् ।