काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न महाधिवेशनका लागि चाँडै उम्मेदवारी घोषणा गर्ने बताएका छन् । शर्माले ट्वीटमार्फत् वडा अधिवेशनका सबै उम्मेदवारलाई शुभकामना दिँदै आफूले पनि चाँडै उम्मेदवारी घोषणा गर्ने बताएका हुन् ।
शुक्रबारबाट ५६ जिल्लामा कांग्रेसको वडा अधिवेशन सुरु भएको छ । ‘उम्मेदवारी घोषणा कहिले ?,’ शुभचिन्तक भित्रहरु, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु,’ शर्माले भनेका छन्, ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ, वडा अधिवेशन सुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना । चाँडै नै म मैदानमा हुनेछु ।’
शर्माले सबैको शुभेच्छा र साथको समेत अपेक्षा गरेका छन् । सभापति शेरबहादुर देउवाको टिममा रहेका शर्मा महामन्त्रीको दाबेदारका रुपमा हेरिएका छन् । तर, उनले कुन पदमा उम्मेदवारी दिने ? भन्ने अहिलेसम्म खुलाएका छैनन् ।
उम्मेदवारी घोषणा कहिले ?
शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारि छु l `प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन´ भन्दै आएको थिएँ l `वडा अधिवेशन´ शुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना l चाँडैनै म मैदानमा हुनेछु,शुभेच्छा र साथ चाहन्छु l जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 3, 2021





प्रतिक्रिया