जुम्ला – नेकपा एमाले जुम्लाको सिंगो जिल्ला समिति नै एकीकृत समाजवादी पार्टीमा खुलेको छ।
नेकपा एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचिन जनप्रतिनिधि र एकजना मनोनित सदस्यबाहेक सबै एकीकृत समाजवादीमा लागेका हुन्।
नेकपा एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमालेका सबै संगठनहरु समाजवादी पार्टीमा रहेको जनाएको दाबी गरेको हो।
नेकपा एमालेतिर हाल मेनका पछाइ, लाल भट्टराई उभिएका छन्। धीरबोहोरा मनोनीत सदस्य भएकोमा पार्टीले यसअघि निष्कासन गरिसकेको थियो। योसँगै युवासंघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्रध्यापक संघ, शिक्षक संगठन, निजामती कर्मचारी संगठन र त्रिवि माताहतका सबै संगठन समाजवादीतिरै रहेको एकीकृत समाजवादीले दाबी गरेको हो।
जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदिप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिंगो नकेपा एमालेको जिल्ला समिति समाजवादी पार्टीमा आइसकेको छ। सचिव आदिप्रसाद न्यौपानेले जुम्ला प्रदेश क्षेत्र ख का सांसद पदमबहादुर रोकायालगायत ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा लागेको बताए।
उनले भने, ‘जसमध्ये चन्दननाथ नगरपालिकामा एमालेबाट जितेका सबै जनप्रतिनिधिले समाजवादीमा सनाखत गरिसकेका छन्। केही उपाध्यक्ष र वडाध्यक्षहरु पनि समाजवादीमा सनाखत गर्ने प्रक्रियामा रहेकाले यही २२ गते सम्म गर्ने तयारीमा छन्।’





प्रतिक्रिया