देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विकास आयोजनामा धम्की दिइएको भन्दै कडा कारवाही गर्ने गृहको चेतावनी

देशान्तर

काठमाडौं – वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजनामा कार्यरत् कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी धम्की दिइएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ।

शुक्रबार जारी विज्ञप्तिमा विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा वैदेशिक सम्बन्धमा आँच आउने कुनै गतिविधि नगर्न र पाइएमा कडा कारवाही गरिने पनि भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष÷परोक्ष रुपमा सञ्चारमाध्यम र सामाजित सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै, त्यस्ता अभिव्यक्ति र गतिविधिहरूको सूक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्नेउपर प्रचिलित कानुन बमोजिम कडा कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।