देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

देशान्तर

काठमाडौं – गृह मन्‍त्रालयले मित्र राष्‍ट्रविरुद्ध कुनै पनि गतिविध नगर्न अनुरोध गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मित्रराष्‍टका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविध नगर्न अनुरोध गरेको हो ।

पछिल्लो समय भारत र अमेरिका विरोधी गतिविधि बढिरहेको छ । जयसिंह धामीको मृत्यु प्रकरण र एमसीसीको विरोधमा प्रदर्शन भइरहेका छन् । त्यसैलाई बचाउ गर्दै गृहले विज्ञप्ति जारी गरेको हो ।

मन्त्रालयले यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिने प्रयास गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

मन्‍त्रालयले शुक्रबार पनि यस्तै प्रकृतिको विज्ञप्ति जारी गरेको थियो । शुक्रबार कुनै पनि विदेशी परियोजना र राष्‍ट्रविरुद्ध गतिविधि गरे र अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी दिएको थियो ।